Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिद्वारा मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूतलाई थप जिम्मेवारी प्रदान गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगोलिया र फिनल्याण्डका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले जनवादी गणतन्त्र चीनका लागि आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरे।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077