Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा ३३ अंकको गिरावट, १ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजारको परिसूचक नेप्से १९७१ अंकमा झरेको छ ।

नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३३.२० अंक घटेको हो । दिनभर कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।

जम्मा १० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने २ को स्थिर रहृयो । हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै ३.३ प्रतिशत घट्यो ।

बैंकिङ १३, विकास बैंक ५३, फाइनान्स ३८, होटल तथा पर्यटन ८४, जलविद्युत् ७२, जीवन बीमा २११, उत्पादन तथा प्रशोधन ६९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा १६७, अन्य २२ र व्यापार उपसमूह ५४ अंक घटे ।

सयपत्री हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने पिपुल्स पावरको ६ प्रतिशत बढ्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077