Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • काठमाडौंमा सडक सुरक्षा सचेतना सप्ताह सुरु

    काठमाडौंमा सडक सुरक्षा सचेतना सप्ताह सुरु

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ ।

    काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्‌घाटन गरेका हुन् ।





    राष्ट्रिय सभागृहको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले ट्राफिक लाइटको वैज्ञानिक प्रयोग र ट्राफिक प्रहरीलाई थप इन्सेन्टिभ दिनेबारे छलफल चलिरहेको बताए ।

    सडक सुरक्षाको जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै हो भन्ने नठानेर चालक र अन्य पक्ष समेत उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । मन्त्री श्रेष्ठले सडक दुर्घटनाबाट ठूलो क्षति व्यहोर्नुपरिरहेको भन्दै यो दुःखद स्थिति अन्त्य गर्नुपर्ने बताए ।

    दरबारमार्गबाट सुरु भएको प्रभातफेरी राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।  कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, यातयाव व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल, राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, वरिष्ठ कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको सहभागिता रहेको थियो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार