काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्न लागेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए ।
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राख्नेछन् ।
Leave a Reply