Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै निगमसँग प्रधानमन्त्री प्रचण्ड रुष्ट

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै निगमसँग प्रधानमन्त्री प्रचण्ड रुष्ट

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य शनिबार वृद्धि गरेको थियो । उक्त मूल्य पुनर्विचार गर्नका लागि प्रधानमन्त्रीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।



    आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए।



    नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले थाहै नदिई किन मूल्य बढाएको भन्दै झपारेको बालुवाटार स्रोतले बतायो ।

    प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले खाना पकाउने ग्याँसमा सहुलियत घोषणा गर्ने तयारी गरेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार