खोटाङ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय राजु राई रहेका छन् ।
शनिबार दिउँसो साढे चार बजेतिर स्थानीय बालिकालाई बलात्कार गरी लुकिरहेको भन्ने खबरका आधारमा राईलाई पक्राउ गरिएको हो ।
बालिकाको उदयपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएको हो ।
Leave a Reply