एजेन्सी । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् ।
राष्ट्रपति चुनावमा निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मुइज्जू माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
मुइज्जूले ५४ प्रतिशत मत ल्याए । सन् १९७८ मा जन्मिएका मुइज्जूले ब्रिटेनको लिड्स विश्वविद्यालयबाट सिविल इनिजीनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा आएका थिए ।
यसअघि राजधानी मालेका मेयर रहेका मुइज्जु भारतविरोधी नाराका कारण चर्चित छन्। मुलुकको राजनीतिमा भारतीय हस्तक्षेप बढेको भन्दै उनले ‘इन्डिया आउट’ को अभियान चलाएका थिए।
Leave a Reply