Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘समाजवादी जागरण यात्रा’ झापाबाट आजदेखि, ५० लाख खर्च हुने अनुमान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियान आजदेखि सुरु गर्दैछ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार २९ गतेसम्म गर्न लागेको अभियान झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु हुने भएको हो ।

अभियानअन्तर्गत मेचीबाट महाकालीसम्मका सबै प्रदेशका प्रमुख सहरमा करिब ४० सभा तथा सम्मेलन हुने उनले बताए । पार्टीका शीर्षनेता तथा कार्यकर्ताको सहभागितामा रहने अभियानको आइतबार पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।

अभियानमा साना–ठूला कोणसभा, आमसभा, जनतासँग अन्तक्र्रिया गरिनेछ । कलाकारले सडक नाटक मञ्चन गर्ने उक्त अभियानका लागि मञ्च सजावट तथा अतिथि व्यवस्थापनलगायत सबै कार्य पूरा गरिएको उनले जानकारी दिए ।

पार्टीका वैचारिक दृष्टिकोण जनताका बीच लैजान गरिने अभियानमा यस अवधिमा करिब रु ५० लाख खर्च हुने उनले जानकारी दिए । सोह्र दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्षनेता सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077