Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राष्ट्रसंघका महासचिवलाई प्रधानमन्त्री प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो

    राष्ट्रसंघका महासचिवलाई प्रधानमन्त्री प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।

    संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा अमेरिकाको न्यूर्योकमा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्डले गुटेरेसलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।



    भेटको क्रममा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढीकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालले पुर्‍याएको योगदानको विषयमा छलफल भएको बताए ।



    सो क्रममा महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र आफ्नो निमन्त्रणा स्वीकार गरी छिट्टै नेपाल भ्रमणमा आउने उल्लेख गरे ।

    प्रधानमन्त्री प्रचण्डले एन्टिगुवा र बारमुडाका प्रधानमन्त्रीले आयोजना गरेको ‘यूनाइटेड नेशन्स फ्रेन्डस अफ भिजन हाई लेभल ब्रिफ कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेपालले आँखाको उपचारमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेको जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार