Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – नेपालमा लगानी गर्न चिनियाँ निजी लगानीकर्ताहरूलाई आह्वान गरेको छु

    प्रधानमन्त्री प्रचण्डले भने – नेपालमा लगानी गर्न चिनियाँ निजी लगानीकर्ताहरूलाई आह्वान गरेको छु

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.3K
    SHARES

    कााठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि आह्वान गरेको बताएका छन् ।

    चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले असोज ७ गते चीनको राजधानी बेइजिङमा नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्को संयुक्त आयोजनामा भएको नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी लगानीकर्ताहरूलाई आह्वान गरेको बताए ।



    नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा चीन सरकारका प्रतिनिधिको सकारात्मक सन्देश र उद्योगी व्यापारीहरूको उत्साहजनक उपस्थिति रहेको जानकारी गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार