Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • दुई सातापछि स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

    दुई सातापछि स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 756
    SHARES

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् ।

    संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् ।



    ६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।



    द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्किएका हुन् ।

    संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।

    ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार