Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

    मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार