Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेढ लाख घुससहित मालपोत कार्यालय सुनसरीका नासु र खरदार पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा (नासु)र खरदार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नासु सुदिप कटुवाल र खरदार रमेश अधिकारीलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनीहरूले जग्गा नामसारी गरेबापत भन्दै सेवाग्राहीसँग घुस  लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

उनीहरुलाई सुनसरीको इनरुवा नगरपालिका वडा-३ मालपोत चोकबाट प्रक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077