Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

समितिले सरकारलाई चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, गृहमन्त्रालयलाई आग्रह गर्ने समितिले जनाएको छ ।

वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077