Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

शाहले इण्टरमिडियटको सर्टिफिकेट नक्कली बनाएर पेस गरी अध्यापन गरिरहेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यूपी, राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको प्रमाण पत्र नक्कली भएको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले बताए।

शाहले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको पुष्टि भएको प्रवक्ता दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077