Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान उनी अमेरिका प्रस्थान गरेका हुन् ।

यस्तै कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।

अध्यक्ष यादव फर्किएर नआउन्जेल सम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077