Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले १५ दिने समाजवादी जागरण अभियान चलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले १५ दिने समाजवादी जागरण अभियान २०८० कार्यतालिका सार्वजनिक गरेको छ ।

असोज १४ गते भिन्न – भिन्न समयमा काँकडभित्ता, बिर्तामोड, दमक, उर्लाबारी, विराटनगरचोक, असोज १५ गते इटहरी, इनरुवा, भारदह र राजविराजमा जागरण अभियान सञ्चालन हुनेछ ।

असोज १६ गते बिहान राजविराज, असोज १७ मा जनकपुर, १८ गते रौतहट, १९ गते पथलैया, २० गते कावासोती, बर्दघाट लगायतका विभिन्न स्थानमा जागरण अभियान सञ्चालन हुनेछ ।

असोज २१ गते भैरहवा, बुटवल, २२ गते सैनामैना, चन्द्रौटा, २३ गते घोराही, तुलसीपुर, २४ गते नेपालगञ्ज, २५ गते राजापुर, टिकापुर, २६ गते लम्की, सुख्खड, २७ गते पुनर्वास, झलारी र २८ गते छिन्चु, सुर्खेत, वीरेन्द्रनगर लगायतका स्थानमा जागरण अभियान सञ्चालन हुनेछ ।

शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077