Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेलसहित भिभिआइपीहरू हिँडेरै वसन्तपुर जाँदै

काठमाडौं । इन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् ।

वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न गएका छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077