Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • पार्टीले पालेका गुण्डाहरुलाई छुटाउन राष्ट्रपतिले हस्ताक्षर गरे : रवि लामिछाने

    पार्टीले पालेका गुण्डाहरुलाई छुटाउन राष्ट्रपतिले हस्ताक्षर गरे : रवि लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको बताएका छन् ।

    बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले भने, ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर । राजनीतिक दल पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । हामीले हरेक काण्डमा बोलेका छौं। तर, हामीलाई जनताले बोलेर मात्रै के हुन्छ र भन्लान् ? त्यसैले अब हामीले एकैचोटी त्यसको जवाफ ०८४ मा दिन्छौं ।’



    संवैधानिक तथा कानूनी प्रावधान बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको लामिछानेको भनाई छ ।

    उनले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए । सभापति लामिछानेले स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार