Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रका प्रवक्ता सापकोटाले भने -धार्मिक तथा साम्प्रदायिक सद्‍भाव खल्बलियो, सबै सचेत बनौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमणमा रहेका बेला बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीहरुको बैठक बसेको थियो । प्रवक्ता सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए ।

प्रवक्ता सापकोटाले भने,‘देशका विभिन्न भागमा धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा भएका छन् । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेतहरू देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ ।'

प्रवक्ता सापकोटाले देशमा अराजकताको संकेतहरु देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए ।

उनले देशमा अराजकताको संकेत देखापरेका भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । पार्टीका नेता र जनता पनि सामाजिक सद्भाव कायम राख्न सबै लाग्नुपर्ने कुरा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077