नवलपरासी । देवघाटमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन्।
बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा उनीहरुबेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा भारतको आसाम घर भई लक्ष्मी नारायण मन्दिरमा संस्कृत पढ्दै आएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेका छन् ।
उनीहरु धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा रहेको लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा आएका थिए ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापनमा खट्ने प्रहरीसहितको टोलीले खोजी गरिरहेको छ ।
Leave a Reply