काठमाडौं । काराबाओ कपमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीविरुद्ध १–० को कठिन जित निकालेको छ ।
प्रतियोगिताको तेस्रो चरणमा बुधबार न्युक्यासललाई जित दिलाउन एलेजान्डर इसाकले ५३औँ मिनेटमा गरेको गोल निर्णायक बनेको हो। सिटीले पछिल्ला ३८ खेलमा दोस्रोपटक हार व्यहोरेको छ ।
प्रतियोगिताको अर्को खेलमा लिभरपुलले लेस्टर सिटीमाथि ३–१ को सहज जित निकालेको छ । यस्तै खेलको तेस्रो मिनेटमै लेस्टरलाईकासी म्याकटिरले गोल गर्दै अग्रता दिलाएका थिए । त्यही गोलमा लेस्टरले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो ।
तर, एनफिल्डमा लिभरपुलका कोडी गाक्पोले ४८औँ मिनेटमा बराबरी गोल गरेका थिए । डोमिनिक स्जुबोस्जाइले गोल गर्दै २–१ कोअग्रता दिलाएका थिए । डियगो जोटाले खेल सकिन एक मिनेटअघि गोल गरेपछि लिभरपुलले सहज जित निश्चित गरेको हो ।
Leave a Reply