Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिबाट भएको कैद मिनाहाबारे सरकारसँग जवाफ माग्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाका विषयमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । रास्वपाले कानुनी व्यवस्थाको गलत व्याख्या गरेर राष्ट्रपतिबाट कैद मिनाहा भएको भन्दै सरकारसँग जवाफ माग्ने भएको छ ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले कारागारमा बस्दा आचरण सुध्रिएका ५० प्रतिशत कैद सजाय भोगेका र ज्येष्ठ नागरिकको बाँकी कैद मिनाहा गर्ने कानूनी व्यवस्था रहेपनि विशेष अवसरमा कैद मिनाहा गर्न सकिने कानूनी प्रावधानको गलत प्रयोग भइरहेको रास्वपाको ठहर छ ।

यस्तै भदौ ६ गते राष्ट्रिय मान्यताप्राप्त ७ दलबीच सुन तस्करी प्रकरणको थप छानबिनका लागि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति भए पनि त्यसको कार्यान्वयन नभएको रास्वपाले जनाएको छ ।

नेपालगन्ज सहरमा दिनदहाडै खुडा प्रहार गरी व्यक्ति हत्यामा आजीवन काराबास सजाय पाएका ‘रिगल डन’ भनिने योगराज ढकाल लगायतको सरकारले कैद मिनाहा गरेको थियो । सरकारले कैद मिनाहा उनीसहितका व्यक्तिको सजाय मिनाहा गरेपछि सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077