काठमाडौं । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ । उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो ।
सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । दुई पक्षबीच भएको चार बुँदे सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।
अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए।
सडक व्यापारी प्रतिनिधिको रोहवरमा महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी महर्जन र प्रमुख बालेन्द्र शाहको सचिवालयका धिरज जोशी तथा अभियानकर्ता ई: ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमतिपत्र –
Leave a Reply