Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरबीच सहमति, आन्दोलन स्थगनको तयारी

    सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरबीच सहमति, आन्दोलन स्थगनको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका र प्रदर्शनरत सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीचको सहमति भएको छ । राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि जारी वार्तामा सहमति जुटेको हो ।

    सहमति भएसँगै सामाजिक अभियन्ता ईः ले आन्दोलन स्थगित गर्दैछ । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै सामाजिक अभियन्ता ईः प्रदर्शन गर्दै आएको थियो ।



    मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो । मंगलबारको वार्तामा साविकमा फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने, कोटेश्वर चोकबाट जडिबुटी जाने बाटो, तिलगंगाअगाडि, चाबहिल मालपोत पछाडिलगायत केही ठाउँमा समय तोकेर छठसम्म व्यापार गर्न एक हप्ताभित्र ठाउँ उपलब्ध गराउने सुरूआती समझदारीमा पछि कुरा मिलेको थिएन।



    आज त्यसैमा छलफलपछि चौथो बुँदालाई थप संशोधन गरेर सहमति जुटाइएको बताइएको छ । प्रदर्शनरत ईःले केहीबेरमा पत्रकार सम्मेलन गरेर आन्दोलन स्थगन गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार