Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घाँस काट्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

बैतडी । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा मृत्यु भएको हो ।

गत भदौ १८ गते करेन्ट लागेर घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077