Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • त्रियुगामा नदीजन्य पदार्थ उत्खनन गर्दा ८१ लाख भ्रष्टाचार, तत्कालीन मेयरसहित चार जनाविरुद्ध मुद्दा

    त्रियुगामा नदीजन्य पदार्थ उत्खनन गर्दा ८१ लाख भ्रष्टाचार, तत्कालीन मेयरसहित चार जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर गरेको छ ।

    नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा उनीहरुले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले नगरप्रमुख बलदेव चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    उनीहरुले ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा बदनियतपूर्वक राजस्व छली गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



    राजस्व चुहावटमा संलग्न रहेको आरोपमा आयोगले चौधरीसहित त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार रहेका छन् ।

    आर्थिक वर्ष २०७८/७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन्, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनियमितता भएको भन्ने उजुरी परेपछि अख्तियारले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो ।

    अनुसन्धान हुँदा त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख चौधरीले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजस्व चुहावट गरेको पाइएको अख्तियारका प्रवक्ता दाहालले बताए ।

    अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख चौधरीसँग चुहावट गरेको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

    यस्तै, त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसँग पनि चुहावट भएको राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

    निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार बछारसँग चुहावट भएको राजस्वको दोब्बर रकम ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल गर्न अख्तियारले मागदाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार