Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्र, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।

मन्त्रिपरिषदबाट राजदूत सिफारिस भएका उनीहरु संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त भएका थिए ।

अब उनीहरु आआफूलाई तोकिएको देशमा जिम्मेवारी सम्हाल्न जानेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077