Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेकाधकेल

    आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेकाधकेल

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 534
    SHARES

    काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरू र प्रहरीबीच केही बेर धकेलाधकेल समेत भएको छ ।

    माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहत शिक्षकहरु र प्रहरीबीच धकेलाधकेल भएको हो ।



    आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले सिटी बजाएर आन्दोलन गरेका थिए ।



    उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए । शनिबारदेखि थप आन्दोलित बनेको राहतका शिक्षकहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

    प्रहरी र शिक्षकहरुबीच ठेलमठेल भएको छ । गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।

    उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार