Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेकाधकेल

काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरू र प्रहरीबीच केही बेर धकेलाधकेल समेत भएको छ ।

माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहत शिक्षकहरु र प्रहरीबीच धकेलाधकेल भएको हो ।

आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले सिटी बजाएर आन्दोलन गरेका थिए ।

उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए । शनिबारदेखि थप आन्दोलित बनेको राहतका शिक्षकहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रहरी र शिक्षकहरुबीच ठेलमठेल भएको छ । गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।

उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077