Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कार्यवाहक प्रधानमन्त्री खड्काले भने – सरकार सुशासनको मार्गचित्र कोर्ने तयारीमा छ

    कार्यवाहक प्रधानमन्त्री खड्काले भने – सरकार सुशासनको मार्गचित्र कोर्ने तयारीमा छ

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.4K
    SHARES

    सुर्खेत। कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताएका छन् ।

    सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी गरिरहेको बताए ।



    रक्षामन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको भन्दै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको उल्लेख गरे ।

    रक्षामन्त्री खड्काले भने,‘सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ । जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।’

    कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको रक्षामन्त्री खड्काको भनाई छ ।

    बजेट कार्यान्वयनका प्रक्रियालाई छिटो, छरितो, सरल बनाउनका लागि हुने ढिलासुस्तीलाई सुधार्दै अगाडि बढाउनेबारे पनि सरकार गम्भीर रहेको रक्षामन्त्री खड्काको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार