Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकमा विवाह समारोहमा आगलागी : बेहुला–बेहुलीसहित सय जनाको मृत्यु

एजेन्सी । उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी बेहुला-बेहुलीसहित सय जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जलेर १५० जना घाइते भएका छन् । यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल(हमदानिया जिल्लामा मंगलबार साँझ भएको हो ।

आगलागीको कारण अझै खुल्न नसकेको तर पटाका जलाएपछि आगलागी भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ ।

इराकी समाचार एजेन्सी नीनाले दुर्घटनाको तस्बिर सेयर गरेको छ जसमा अग्निनियन्त्रकहरू आगो निभाउने क्रममा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077