Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एसियन गेम्स

    नेपालले मंगोलियालाई दियो ३१४ रनको विशाल लक्ष्य

    नेपालले मंगोलियालाई दियो ३१४ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालले मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । चीनमा आयोजना भइरहेको एसियन गेम्सअन्तर्गतको टी-२०आईमा नेपालले निर्धारित ओभरको खेलमा तीन विकेट गुमाएर ३१४ रनको बनाएको हो ।

    नेपालका लागि कुशल मल्लले शतक प्रहार गरे । उनले ५० बलमै १३७ रनको कीर्तिमानी शतक प्रहार गरेका हुन् । उनले मंगोलियाविरुद्ध १२ छक्का र ८ चौका प्रहार गरे।



    त्यस्तै कप्तान रोहित पौडेलले अर्धशतकसहित ६१ रनमा आउट भए । २७ बल खेलेका उनले ६ चौका र २ चौका प्रहार गरे। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १० बलमै ८ छक्का प्रहार गर्दै अर्धशतकसहित ५२ रन बनाए ।



    ओपनर कुशल भुर्तेल १९ रनमा आउट हुँदा आसिफ शेख १६ रन बनाएर पेभेलियन फर्किएका थिए । अहिले मंगोलिया लक्ष पछ्याउँदै छ । दुई ओभरमा एक विकेट गुमाएर दुई रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार