काठमाडौं । नेपालका युवा ब्याटर कुशल मल्लले टी–२० क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन् ।
१९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।
कुशल ४९ बलमा छक्का र चौकासहित १ सय ३६ रनमा क्रिजमा छन् । यसअघि टी–२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।
भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।
Leave a Reply