काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ई:बीचको वार्ता शुरु भएको छ ।
महानगरको वार्ता टोली र अभियन्ता ई:को तर्फबाट अधिवक्ता सञ्जय अधिकारी नेतृत्वको टोलीबीच राष्ट्रिय सभागृहमा छलफल शुरु भएको हो ।
महानगरको तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानून विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धीरज जोशी सहभागी छन् ।
अभियन्ता ‘ई’को तर्फबाट पहिलो चरणको वार्तामा अधिवक्ताद्वय सञ्जय अधिकारी र प्रज्वला कार्की तथा फुटपाथ व्यापारीहरूका तर्फबाट सुजन गिरी, विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण, शहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी छन् ।
फुटपाथ व्यापारीको पक्षमा धर्नामा बसिरहेका अभियन्ता ई:को पक्षमा नेतादेखि व्यापारीहरूले ऐक्यबद्धता जनाइरहेका छन् । अभियन्ता ‘ई’सहितको टोलीले महानगरको कार्यालय रहेको सभागृहको गेटमा गत मंगलवार दिउँसो १ बजेदेखि धर्ना शुरू गरेका थिए ।
उभिएर गरिने विरोध प्रदर्शन शुरूमा ७७ घण्टाका लागि तय भएको थियो । तर माग पूरा गर्न महानगर उदासीन देखिएपछि उनीहरूको धर्ना अहिले पनि जारी छ ।
Leave a Reply