Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल-चीन संयुक्त वक्तव्य : पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सहमति

काठमाडौं । नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति भएको छ ।

दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको समेत उल्लेख छ । चीनकै ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेका छन् ।

अब अन्तर्राष्ट्रिय उडान पनि गर्ने वातावरण बनाउन चीन र नेपालबीच सहमति भएको हो। पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चिनियाँ एयरलाइन्स सिचुवान एयरलाइन्सले छेन्दुबाट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077