Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट सुर्खेतका लागि छुटेको रात्रिबस दाङमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि छुटेको रात्रिबस दाङमा दुर्घटना भएको छ ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी १५ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ ।

अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३०र३५ जना सवार रहेको सवार थिए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । दुर्घटनापछि चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077