काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरेका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका स्वर्गीय नेता माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उनको स्वागत गरेका थिए ।
Leave a Reply