Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शिक्षक आन्दोलनबारे कार्यवाहक प्रधानमन्त्रीले भने – नमिलेका विषय सहमतिबाट मिल्दै जान्छन्

    शिक्षक आन्दोलनबारे कार्यवाहक प्रधानमन्त्रीले भने – नमिलेका विषय सहमतिबाट मिल्दै जान्छन्

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासंघसँग भएको सम्झौतापछि शिक्षकका धेरै विषय सम्बोधन हुने क्रममा रहेको बताएका छन् ।

    कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षकसँगको सहमतिबारे जानकारी गराउँदै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको प्रष्टीकरण दिए ।



    रक्षामन्त्री खड्काले भने,‘तस्वीरमा पनि देखिन्छ र उप्रप्रधानमन्त्रीले मलाई त्यही अनुसारको व्रिफिङ पनि गर्नुभएको छ । मिलेका कुरा यी-यी छन् भनेर ज्ञापनपत्र दिएको भए समस्या हुने थिएन । वार्ता हुने क्रममा कर्मचारीसँग कुरा गर्दिनँ भनेपछि दुईरतीन दिन वार्ता गरेर उहाँहरूका मागबारे गृहमन्त्रीको अगुवाइमा वार्ता र छलफल भयो ।’



    मिल्न बाँकी शिक्षकका समस्या पनि मिलाउन आफूहरू तयार रहेको उनले बताए । सहमतिमा शिक्षकका धेरै कुरा सम्बोधन गरिएको र थप विषय विधेयक संशोधन, नियमावली र कार्याविधि मार्फत सम्बोधन गरिने जानकारी गराए ।

    सरकार र आन्दोलनरत शिक्षक महासंघबीच दुई दिनअघि सहमति भएको थियो । उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार