Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजापाठ

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले जानकी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका हुन् । नेपाली सेनाको विमानमा जनकपुर पुगेका राष्ट्रपति पौडेल जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगेका थिए ।

जानकी मन्दिरमा राष्ट्रपति पौडेललाई मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रोशन दासले स्वागत गरेका थिए । राष्ट्रपति पौडेललाई मन्दिरमा गर्भगृहमा महन्थ रामतपेश्वर दास आफैंले विशेष पूजापाठ गराएका थिए ।

राष्ट्रपति पौडेल जानकी मन्दिरमा विशेष पूजापाठ गरेपछि उनको सम्मानमा प्रदेश प्रमुख मिश्रले आयोजना गरेको जलपान समारोहमा सहभागी भएका थिए ।

राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले अहिले अपराह्न नागरिक अभिनन्दन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077