Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिर दर्शन

जनकपुरधाम । जानकी मन्दिर दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम पुगेका छन् ।

जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम पुगेका हुन् ।

राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपति पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।

दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077