Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच भेटवार्ता भएको छ ।

    सोमबार बिहान प्रचण्ड र लि छ्याङबीच बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा भेटवार्ता भएको हो ।



    भेटका क्रममा प्रधानमन्त्री लि छ्याङले चिनियाँ राष्ट्रपतिसँग नेपालका प्रधानमन्त्री प्रचण्डको भेटले नेपालको विकास रणनीतिलाई थप बलियो बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।



    प्रधानमन्त्री प्रचण्ड छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा छन् । यसअघि, आजै प्रधानमन्त्री प्रचण्डलाई ग्रेट हल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार