Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन् ।

रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृतक दुबै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन् ।

उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको छ । जीप दुर्घटनाको कारण खुल्न बाँकी छ । जीप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077