Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • हामी विदेशी लगानीमार्फत धनी बन्न चाहन्छौं : प्रधानमन्त्री प्रचण्ड

    हामी विदेशी लगानीमार्फत धनी बन्न चाहन्छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताएका छन् ।

    चीनको राजधानी पेइचिङमा आयोजित नेपाल–चीन शिखर व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाल अब गरिब मुलुक रहिरहने छुट नभएको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल र नेपाली जनतालाई गरिबीबाट बाहिर निकाल्न मेरो सरकारले काम गरिरहेको छ । हामी नेपाली जनताको विकास चाहन्छौं।’



    नेपालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गरी गरिबी निवारण र सम्पत्ति बढाउने काम गर्न चाहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

    नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको र त्यो देशमा लगानी भित्र्याउनका लागि महत्वपूर्ण हुने उनले बताए । नेपाल सबैभन्दा उच्च र छिटो विकास गरिरहेका देशहरू चीन र भारतको बीचमा छ ।

    यो रणनीतिक भूगोलले पनि नेपाललाई विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । चीनले लगानी र प्रविधिका क्षेत्रमा गरिरहेको प्रगतिबाट नेपालले लाभ उठाउन चाहेको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार