Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • पर्यटन प्रवर्द्धन गर्न नेपाल र चीनका व्यवसायीबीच सहकार्य

    पर्यटन प्रवर्द्धन गर्न नेपाल र चीनका व्यवसायीबीच सहकार्य

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपालमा चिनियाँ लगानी र पर्यटन प्रवर्द्धनका लागि दुवै तर्फका निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् ।

    नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले चीनको निजी क्षेत्र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेडसँग सहकार्यको समझदारी गरेका हुन् ।



    सीसीपीआईटीले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा दुवै मुलुकका निजी क्षेत्रबीच सहकार्यको समझदारी भएको हो। नेपाल चीन बिजनेस समिटमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए ।



    सरकार र निजी क्षेत्रको सहकार्यविना मुलुक समृद्ध नहुने उनको भनाइ छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधै तत्पर रहेको बताउँदै उनले निजी क्षेत्रले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा प्रसंसा गरे ।

    सो सम्मेलनमा चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध पुरानो रहेको र आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनको भनाइ छ ।

    चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिवद्धता जनाउने मुलुक हो । नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको उनले बताए । सम्मेलनमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहेको थियो ।

    नेपालका तर्फबाट महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना व्यवसायीको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार