Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बिजनेस समिटलाई सम्बोधन गर्न बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड

    बिजनेस समिटलाई सम्बोधन गर्न बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन्।

    शनिबार चीनको हाङ्जाउ पुगेका प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयानुसार विहान ११ बजे बेइजिङ पुगेका हुन्।



    प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन्।



    चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सम्मेलनको आयोजना गरेका हुन्।

    उक्त लगानी सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुने बताइएको छ।

    सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार