Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सोच र अनुभव भएकाहरूलाई पार्टीले समेट्नुपर्छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दाबी गरेका छन् ।

सानेपामा भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै चौधरीले यस्तो बताएका हुन् । उनले बौद्धिक, अनुभव र वैचारिक क्षमता भएकाहरूलाई पार्टीले समेट्नुपर्ने बताए।

सांसद चौधरीले भने,‘नयाँ सोच र दृष्टिकोण भएका विकसित राष्ट्र हेर्न चाहने जमातलाई पार्टीले कसरी समेट्छ ? नीति के छ ? पुरानै शैलीमा पार्टी चल्न हुन्न।’

उनले जीवनभर राजनीति गर्नेले मात्र विकास गर्न सक्छ भन्ने सोच हटाउनुपर्ने बताएका छन्। उनले पार्टीको अबको १० वर्षको दृष्टिकोण के हो भन्नेसमेत पहिचान गरेर जानुपर्ने बताए।

सांसद चौधरीले नेपाल बाहिर गएका नेपालीलाई रोजगारी सिर्जना गरी देशमै फर्काउनुपर्ने पनि बताए। उनले कम्तीमा केन्द्रीय समितिमा दुई दिन आर्थिक मुद्दामाथि छलफल गरिनुपर्ने बताए।

उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरुसँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरुलाई पनि अवसर दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077