Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सतुंगलको चप्पल कारखानामा आगलागी, झण्डै एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेको चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा झण्डै एक करोडको क्षति भएको छ ।

गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेको मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएको हो ।

आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।

यस्तै, गए राति नै काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077