Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

    दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 978
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन भदौ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

    विभागका अनुसार भदौमा पाँच अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ ।



    भदौमा मात्र ५१ वटा नयाँ उद्योगमा दुई अर्ब ७२ करोड २४ लाख रूपैयाँ र एसपिए र एसएसएमार्फत् ११ वटा उद्योगमा तीन अर्ब १६ करोड ६१ लाख रूपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ ।



    भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगबाट पाँच हजार पाँच सय दुई जनाले रोजगारी पाउने छन् । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार