Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलले भने - दलीय राजनीतिमा हात हाल्दिन तर विकासबाट हात झिक्दिन

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपपछि पहिलोपटक गृहजिल्ला तनहुँ आएका राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताए।

राष्ट्रपति पौडेलले भने,‘म दलीय राजनीतिमा हात हाल्दिन तर विकासबाट हात झिक्दिन । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आएपनि म विकासका मुद्धाबारे सचेत गराउछु।’

राष्ट्रपति पौडेलले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले सबैको भावनालाई समेटर अघि बढे स्थायित्व हुने समेत बताए ।

राष्ट्रपति पौडेलले जनताको अधिकारको रक्षाको लागि राजनीतिक दल अति आवश्यक रहेको तर अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत धारणा राखे ।

कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077