Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • क्यानको सचिवमा पारस र प्रशान्तविक्रम भिड्दै

    क्यानको सचिवमा पारस र प्रशान्तविक्रम भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्कालाई प्रशान्त विक्रम मल्लले चुनौति दिएका छन् ।

    अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका पारसविरुद्ध पूर्वकार्यवाहक सचिव मल्लको उम्मेदवारी दिएका हुन् ।



    अध्यक्ष चतुरबहादुर चन्द निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ ।



    नेपाली क्रिकेट टिमका पूर्व कप्तान खड्का चन्दकै प्यानलबाट पूर्वकेन्द्रीय सदस्य मल्लसँग भिड्न लागेका हुन् ।

    क्यानमा ८५ मत छ । यस्तोमा जित्नका लागि ४४ मत ल्याउनुपर्ने हुन्छ । पारससँग भिड्न लागेका मल्ल अशोकनाथ प्याकुरेलले सचिवबाट राजीनामा दिएपछि सोही पदमा नियुक्त भएका थिए ।

    मल्ल २०७८ असोज २१ मा सचिवमा मनोनीत भएका थिए । तर उनले २०७९ असोजमा सचिवबाट राजीनामा दिएका थिए । यस अघि १५ भदौमा भएको चुनावमा पारसले बागमती अध्यक्ष जितेका थिए ।

    पारस २३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उमेश पियाले १४ मत पाएका थिए । क्यानका कोषाध्यक्ष रोशन सिंह उपाध्यक्षमा निर्विरोध भएका छन् । सिंह पनि चन्द प्यानलकै हुन् । कोषाध्यक्षमा पदमबहादुर खड्का पनि चन्द प्यानलबाटै निर्विरोध भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार